माधव नेपालको थुनछेक बहस ३ बजेबाट

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
११ असार २०८२

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको बयान सकिएको छ ।

विशेष अदालतमा नेपालको बयान केहीबेरअघि सकिएको हो । बयान सकिएपछि अहिले खाजा ब्रेक भइरहेको छ । अब दिउँसो ३ बजेबाट थुनछेक बहस हुनेछ । अध्यक्ष नेपाल आज आफैं विशेष अदालतमा उपस्थित भएका थिए ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार