कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
लोक सेवा
२४ पौष २०८०

कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ । 

आयोगले आज एक सूचना जारी गर्दै प्रशासन र लेखामा गरेर खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ । आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ जना कर्मचारी लागि दरखास्त आह्वान गरेको हो।

आयोगले कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको हो। परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता र परीक्षा केन्द्र वीरेन्द्रनगर, सुर्खेत तोकेको छ।

आवेदन दरखास्त दस्तुर प्रत्येक विज्ञापनका लागि ५ सय बुझाउनुपर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि थप दस्तुर २५० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरेको छ।

तोकिएको मापदण्ड पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिनपर्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार