असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग सुरु हुने

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
१८ आश्विन २०८१

अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेबाट एन्फा यू–१८ युथ लिग हुने भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । सहभागी टिमबीच डबल राउन्ड रोबिनका आधारमा खेलहरू खेलाइने एन्फाले जनाएको छ । क्लबहरूसँगको पटक–पटक छलफलपछि प्रतियोगिताको मिति तय गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगितामा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार