एयर इन्डियाको जहाज दुर्घटनामा लागेको आगोको तापक्रम १००० डिग्री

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ असार २०८२

भारतको अहमदाबादमा गत साता भएको एयर इन्डियाको विमान दुर्घटनापछिको आगलागी १००० डिग्री तापक्रमसम्म पुगेको खुलेको छ । विमानमा भएको करिब १ लाख २५ हजार लिटर इन्धन बलेपछि लागेको आगोको तापक्रम करिब १००० डिग्री सेल्सियस पुगेको थियो। यो तापक्रम धेरै हदसम्म ज्वालामुखीको लाभाको तापक्रमसरह हो ।

सो क्रममा घटनास्थल ‘लाभा-जस्तो आगोको थुप्रो’मा परिणत भएको थियो। यस कारण उद्धार कार्य लगभग असम्भव नै बनेको थियो । त्यसकारण त्यहाँ परेका मानिसहरू बाँच्ने सम्भावना शून्य जस्तै भयो। घटनास्थलमा पुग्न ८ मिनेट लागे पनि उच्च तापक्रमका कारण सुरक्षा तथा उद्धार टोलीलाई नजिक जान कठिन भएको थियो। तापमानले धातुका सुरक्षात्मक उपकरणसमेत पगाल्न सक्ने भएकाले उद्धार टोली (एनडीआरएफ, फायर ब्रिगेडलगायत) २० मिनेटसम्म नजिक जानै सकेका थिएनन् । यस्तो तापमा मानव शरीर, सवारी साधन, घर–गोठ, कंक्रीट, सबैकुरा जलेर खरानी नै हुने सम्भावना हुन्छ। भीषण आगोका कारण धेरै शवहरू चिनिनै नसकिने अवस्थामा जलेका थिए ।

आसपासका जनावर र चराहरू समेत भाग्न नपाई मृत्यु भएको बताइएको छ। दुर्घटनामा विमानमा सवार २४२ मध्ये २४१ जनाको घटनास्थलमै मृत्यु भएको थियो। एक जना मात्र यात्रु बाँच्न सफल भएका थिए । हाल डीएनए परीक्षणमार्फत शवहरूको पहिचानको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार