आज नेपाली बजारमा बढ्यो सुनको भाउ : कतिमा हुँदैछ कारोबार ?

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
सुनको मूल्य
२८ मंगशिर २०८०

आज नेपाली  बजारमा  एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा झरेकोमा आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसअघि १८ मंसिरमा सुनको मूल्यले अहिलेसम्मकै उच्च प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँको रेकर्ड बनाएको छ । त्यसयता बुधबारसम्म मूल्य घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य अकस्मात बढेपछि नेपाली बजारमा बिहीबार  प्रभाव परेको महासंघको भनाइ छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी बिहीबार १४५५ रुपैयाँ कायम भएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार