यस बर्ष पनि बिराटनगरमा एक दमै चर्चित मानिएको प्रतियोगिता , ‘गल्र्स अन ह्विल’ हुँदै छ । यो प्रतियोगिता अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर भव्यताका साथ हुने भएको छ ।>
विराटनगर प्राइम राउण्ट टेबल–१० को आयोजनामा विराटनगरमा शनिबार यो प्रतियोगिता हुँदैछ । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा एक सय २५ वटा स्कुटरको सहभागी गराउने लक्ष्य रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी जनाउनेहरुको लागि एक हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ भने , १५ सय रुपैयाँ तिरेपछि एउटा स्कुटरमा दुई जनाले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए ।>
विराटनगरस्थित सिटी प्यालेसबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिहरुले खेलमा समावेश भएर सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताको अर्को संयोजक रजत गुप्ताले बताए । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु पनि हुनेछ । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकाहरुबाट मनोरञ्जनका कार्यक्रमहरु हुने संयोजक राठीले जानकारी दिए । स्त्री ब्याण्ड र न्यूक्लियर डान्स क्लबले आफ्नो प्रस्तुती दिने भएका छन् । कार्यक्रम स्थलमा फुडस्टल, फेस पेन्ट्रिङल , भाइरल पसल झुम्का दरबार , लगायतका स्टलहरु पनि रहने छ । यस , प्रतियोगिताको आयोजनाबाट बचेको रकम विराटनगर प्राइम टेबल १० ले विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयको शैक्षिक सुधारको क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । >
विराटनगर प्राइम राउण्ट टेबल १० का अध्यक्ष भास्कर सोनी, उपाध्यक्ष अभिजित सिंह, कार्यक्रम संयोजक योगेस राठी र रजत गुप्ता, मिडिया कोडिनेटर अभिशेक केडिया ,पत्रकार सम्मेलनमा सहभागी थिए ।>>