बढ्यो सुनचाँदीको मूल्य

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ चैत्र २०७९

साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सय रूपैयाँले बढेर एक लाख ७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ५ रूपैयाँले बढेर १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार