कञ्चनपुरमा भाइलाई बन्चरो हानेर दाजु फरार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ माघ २०८०

कञ्चनपुरमा बन्चरो हानेर एक जना फरार भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बन्चरो हानेर ४० वर्षीय रुद्रे भुल फरार भएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ ।

शनिवार राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बन्चरो प्रहार गरेर रुद्रे भुल फरार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । उनकाअनुसार घाइते डम्मरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बन्चरो प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुवै जना सँगै सुतेको अवस्थामा बन्चरो प्रहार गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार