नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो गरेका छन् । आफूमा सुनप्रति कहिल्यै मोह नभएको उनले बताए ।>
प्रधानमन्त्री हुँदा पशुपतिनाथमा सुनको जलहरी बनाउन लगाउँदा करिब ११ केजी सुन हराएको भन्दै ओलीको सामाजिक सञ्जालमा ट्रोल भएको थियो । ओलीको तस्वीरमा सुनैसुन ढाकिएको फोटो बनाएर भाइरल गरिएको छ ।
>
‘सानो हुँदा आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन’, उनले भने, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् । कस्तो नियत, कस्तो घटिया कुरा होला ?’>
>
>>
>>