मंगोलियामा ५० वर्षयताकै चरम जाडो, एसियाली देशमा चिसो बढ्ने पूर्वानुमान

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० पौष २०८१

मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ। चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए ।

त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय रेडक्रसले चेतावनी दिएको थियो । त्यहाँको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको जनाएको छ । योसँगै मंगोलियाको ६४ प्रतिशत भूभाग हाल हिउँले ढाकिएको छ । गत हिउँदमा मंगोलियामा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आउँदा र लाखौं पशुधनको क्षति भएको थियो । यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो बढ्ने मौसमविद्ले जनाएका छन् । मंगोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही क्षेत्रमा कडा मौसमको चेतावनी जारी गर्दै सोमबार रातिदेखि तीव्र हावा र हिमआँधी सुरु हुने पूर्वानुमान गरेको छ । हिमआँधीले पश्चिमी, मध्य, र दक्षिणी ग।बी प्रान्तहरूमा आगामी दुई दिनसम्म असर पार्ने पुर्वानुमान गरिएको छ ।

नागरिकहरू विशेष गरी घुमन्ते पशुपालक र चालकहरूलाई सतर्कता अपनाउन र सम्भावित प्रकोपविरुद्ध रोकथामका उपायहरू अपनाउन आग्रह गरिएको छ । जाडो अझै लम्बिने भएकाले अवस्था झन् बिग्रने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार