मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् ।>
यस अघि प्रसाईँले होटल एल्लो पगोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । उनले नै यसअघि कालोमोसो अभियान चलाएका थिए । पत्रकार सम्मेलन सकिएपछि बाहिरिने क्रममा कालोमोसो दलिएको पाइएको प्रहरीले जनाएको छ ।>
प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए । कालोसोसो दलेपछि ती व्यक्तिहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतको नारा लगाएका थिए ।>
>