‘मिस वर्ल्ड’मा सृच्छालाई हौसला दिन २९ सदस्यीय नेपाली टोली भारत जाने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ जेठ २०८२

आगामी शनिबार हुने मिस वर्ल्डको फिनाले समारोहमा सहभागी हुन मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्षको नेतृत्वमा २९ सदस्यीय नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष अजयरत्न स्थापितको नेतृत्वमा द हिडन ट्रेजरका ८ जना, प्रतियोगितामा सहभागी मिस नेपाल सृच्छा प्रधानको परिवारका १४ जना सदस्य र मिस्टर नेपालका ३ जना सदस्य त्यता जान लागेका हुन् । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले सृच्छालाई हौसला दिन टोली भारतको तेलंगाना राज्यको हैदाराबादतिर जान लान लागेको बताए ।

नेपाली समयानुसार शनिबार राती ११ बजेदेखि यसवर्षको मिस वर्ल्डको ग्राण्ड फिनाले आयोजना हुँदैछ । यसवर्ष नेपालबाट मिस नेपाल सृच्छाले प्रतिस्पर्धा गरिरहेकी छन् ।




प्रतिक्रिया

सम्बन्धित समाचार