आज मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना ,कोशी, बागमती र गण्डकीमा आंशिक बदली

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२५ जेठ २०८१

देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बागमती  र गण्डकी प्रदेशका केही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले उल्लेख गरेको छ । महाशाखाले आज मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको उल्लेख गरेको छ ।

त्यसबाहेक कोशी, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ भने यी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना पनि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार