भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न नभएको कांग्रेसको दाबी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ जेठ २०८२

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं ।

जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार