नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ पौष २०८१

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले १४ पुस आइतबार ७० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । जसमा बैंकहरुले ६२ अर्ब ५ करोड लगानी गर्न तयार भएपछि सोही अनुसार राष्ट्र बैंकले निक्षेप संकलन उकरण मार्फत तरलता प्रशोचन गरेको थियो ।

बुधबार पुन: ४० अर्ब तरलता प्रशोचनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । उक्त उपकरणमा लगानी गर्ने बैंकले सावाँ र ब्याज १ माघमा फिर्ता पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार