आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ फाल्गुन २०८१

साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.३५ अंकले बढेर २ हजार ७ सय ५८ दशमलव ७५ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ९२ कम्पनीको शेयरमूल्य बढ्दा १४३ को घटेको छ भने ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आइतबारको कारोबारमा दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ । आजको कारोबारमा वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाए ।

यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ८९ करोड ३५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार