आज ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२५ असार २०८०

सोमबार नेप्से बजार झिनो अंकले घटेको छ । आइतबार मात्रै २८ अंकले बढेको नेप्से परिसूचक आज ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा कायम भएको छ ।

यस दिन बजारमा १ करोड ११ लाख ८२ हजार ३३५ कित्ताको शेयर खरिदबिक्री हुँदा ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँको कारोबार भएको छ । आज रवा एनर्जी डेभलपमेन्ट र गुवेश्वरी मर्चेन्ड बैंक एण्ड फाइनान्स कम्पनीले अत्याधिक नाफा कमाएका छन् । हिमालयन हाइड्रोपावर र सीटी होटल लिमिटेडले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, कारोबारका आधारमा सोल्टी होटल लिमीटेड ३३ करोड १२ लाख ९० हजार ९१२ रुपैयाँको कारोबाका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार