नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ पौष २०८१

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ । चार अर्ब २७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन ८१ कम्पनीको सेयर मूल्य बढेको छ ।

१४९ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी दुई कम्पनीको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा बढी छ । 

कारोबारमा आएका १३ मध्ये फाइनान्स, माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक १.०७, माइक्रोफाइनान्स समूहको ०.०९ र व्यापार समूहको ०.५० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार