छोरीलाई बचाउन ८० वर्षीया आमाले दिइन् मिर्गौला

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ अशोज २०८२

एक ८० वर्षीया वृद्धाले अंगदान गरी छोरीलाई नयाँ जीवन दिएको छिन् । म्याग्दीकी गुमा भण्डारीले आफ्नो छोरी ४६ वर्षीया सीता पाण्डेलाई मिर्गौला दान गरेकी हुन् ।

गत भदौ २२ गते ललितपुरस्थित किस्ट अस्पतालमा सीताको मिर्गौला प्रत्यारोपण गरिएको हो । यो उमेर पुग्दा पनि अंग दिएर बचाएर उनले आमाहरू छोराछोरीप्रति कति समर्पित हुन्छन् भन्ने उदाहरण देखाएको अस्पतालका चिकित्सकहरूले भनेका छन् । गुमाले कुनै हिच्किचाहट नगरीकन छोरीलाई मिर्गौला दान गरेको उनीहरूको भनाइ छ । उनले गरेको अंगदानले समाजमा नयाँ प्रेरणा दिएको अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मीहरू बताउँछन् ।

अहिले दुवै जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । किष्ट अस्पताल नेपालको निजी क्षेत्रमै पहिलो पटक मिर्गौला र कलेजो प्रत्यारोपणको अनुमति पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार