संसदीय समितिको बैठकमा हुलहुज्जत गर्न थालेपछि उजुरी गर्नेहरूलाई बाहिर निकालियो

लाइभ न्यूज रफतार 3759+ समाचार ( )
३१ जेठ २०८०

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरूले संसदीय समितिको बैठकमा हुलहुज्जत गर्न थालेपछि उनीहरूलाई बाहिर निकालिएको छ ।

उजुरीमा केन्द्रित रहेर छलफल गर्न गरिएको अनुरोधलाई अटेर गर्दै समितिको वैधानिकतामा प्रश्न उठाएपछि सदस्य र उजुरीकर्ताबीच चर्चाचर्की परेको थियो । अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई मर्यादापालक लगाएर बैठकस्थलबाट बाहिर निकालिएको हो ।

सुरूमा एक्लाएक्लै छलफलमा नजाने अडान लिएका उजुरीकर्ता कर्मचारीसँगको वार्तापछि पछि समिति बैठकमा पस्न राजी भएका थिए । पछि ३ जनासँग सामूहिक छलफल गर्ने भनिएपनि उजुरीकर्ताले अनावश्यक विषय निकालेर हुलहुज्जत गरेको समितिका सदस्यले बताएका छन् ।





प्रतिक्रिया

सम्बन्धित समाचार