तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत , प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२९ असार २०८०

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ।

प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सचिव पद्यमप्रसाद पाण्डेयले प्रस्तुुत गरेका हुन्।

राष्ट्रियसभाको आजको बैठकले तीन विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी गराए ।


प्रतिक्रिया

सम्बन्धित समाचार