सरकारले युद्धस्तरमा उद्धार गरिरहेको छ : प्रधानमन्त्री ओली

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ असार २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण रसुवाको ल्हेन्दे खोलासँगै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी दिए । “यस दुःखद् क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु,” प्रधानमन्त्री ओलीले भनेका छन्, “विपद् सम्भावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ ।

सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन् । त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु ।”प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबर आएको र ठूलो भौतिक क्षति पुर्‍याएको आफूले जानकारी पाएको बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार