प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने

लाइभ न्यूज रफतार 3760+ समाचार ( )
१२ भाद्र २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने जानकारी गराए ।

‘भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पनि संसद्मा आएर सम्बोधन गर्ने भन्ने जानकारी गराउनुभएको छ,’ पाण्डेले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार