गणतन्त्र उल्ट्याउन खोज्नेहरुकाविरुद्धमा लाखौ जनता सडमा उतार्ने प्रधानमन्त्रीको चेतावनी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ भाद्र २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मरिनपेक्षताको उपलब्धी उल्ट्याउन खोज्नेहरुकाविरुद्धमा लाखौ जनता सडमा उतार्ने चेतावनी दिएका छन् ।

‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् ।जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उनले भने, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’

आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर गरेका हुन् ।  ‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार