पूर्वनवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्दार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ असार २०८२

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।

तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए । बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ ।

गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार