विश्वविद्यालयको सेवा आयोग प्रमुखमाथि कालोमोसो दल्ने विद्यार्थी संघका जिल्ला सभापति पक्राउ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ जेठ २०८०

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि कालोमोसो दल्ने नेपाल विद्यार्थी संघका जिल्ला सभापति पक्राउ परेका छन् ।

सुनसरी प्रहरीले आज बिहान आयोगका प्रमुख दाहालमाथि कालोमोसो दल्ने नेविसंघका जिल्ला सभापति सरोज पोख्ररेललाई पक्राउ गरेको हो । उनलाई मोरङको बुढीगंगाबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले नेपालप्रेसलाई बताए । आयाेगकाे उजुरीपछि उनलाई पक्राउ गरिएकाे र बाँकी ५ जनाकाे पनि खाेजी भइरहेकाे उनले बताए ।  नेविसंघका कार्यकर्ताले सोमबार दाहाललाई कालोमोसो दलेका थिए ।

तर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि भएको दुर्व्यवहारको घटनामा नेविसंघको कुनै संलग्नता नभएको दाबी गरेका छन् ।अध्यक्ष शेर्पाले एक विज्ञप्ति जारी गर्दै संलग्न व्यक्ति आफैं जिम्मेवार भएको बताएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार