आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।>
आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।
>
मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।>
महासंघका अनुसार आज तोलामा १० रुपैयाँले घट्दै प्रतितोको १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदीको मूल्य तोलाको १४ सय रुपैयाँमा कारोबार भएको थियो ।
>>