करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ अशोज २०८१

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हाल्दा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।


करेन्ट लागेर अचेत बनेका बालकलाई तत्काल अस्पतालमा उपचारका लागि लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार