सर्वोच्च अदातलले उपप्रधान एवं गृहमन्त्री समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको ठहर गरेको छ ।
>
साथै सर्वोच्चले उनको नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेको छ। यससँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको हो।
>
पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका उनी एक महिना दुई दिन मन्त्री भए। सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो फैसला गरेपछि उनले शुक्रबार नै पदबाट राजिनामा दिएका छन् ।
>
अमेरिकी नागरिकता र पासपोर्ट त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्तीका लागि आईतबारबाट प्रक्रिया सुरु गर्ने भएका छन् ।
>
अधिवक्ता सुनिल पोखरेलका अनुसार सर्वोच्च अदालतको फैसलामा कुनै नकारात्मक टिप्पणी र आदेश नभएका कारण उनले प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपी लिन सक्नेछन् ।
>
उनले अमेरिकी गरिकताको प्रमाणपत्र त्यागेका छन् । त्यसको निस्सा पाइसकेका छन्। त्यही निस्साका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपि लामिछानेलाई दिनेछ।
>
रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी ६ असार ०७५ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई दिइसकेका छन् । नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ ।
>
विदेशको नागरिकता त्यागेकै यकिन भएपछि पुरानै नागरिकताको विवरणअनुसार प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्नेछन् । उनले ०५० मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता बनाएका थिए ।>>