अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि कारबाही रोक्न क्यालिफोर्नियामा भइरहेको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न सेना परिचालन गरेका छन्। ट्रम्पले शनिबार दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका थिए। >
तर उनको सो निर्णयले विरोध प्रदर्शन झन् भड्किएपछि उनले सोमबार सात सय सेना र थप दुई हजार नेसनल गार्ड परिचालन गर्ने निर्णय गरेका छन्। आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मारेपछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियाको मुख्य सहर लस एन्जलस लगायत ठाउँमा शुक्रबार र शनिबार सो कदमको विरोधमा जनप्रदर्शन भएको थियो। जनताले सडकमा उत्रेर ट्रम्प सरकारको आप्रवासी विरोधी नीतिको पालनामा अवरोध गरेपछि शनिबार उनले नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए। >
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमसँग सल्लाह नगरिकनै ट्रम्पले सो राज्यमा नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए। ट्रम्पले त्यसपछि सेना परिचालन गर्ने कदम पनि चालेका छन्।>>