भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने रास्वपाको अडान कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ जेठ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिने भएको हो ।

यसबारे पार्टीले केहीबेरमा औपचारिक निर्णय सार्वजनिक गर्दैछ । एक नेताका अनुसार, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ । यसअघि माओवादी र समाजवादी पनि भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।

तर, एमाले, कांग्रेस र माओवादीले भने दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दैछन् । रास्वपाले उक्त अडान अहिले पनि छाडेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार