रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयभित्रैबाट नियन्त्रणमा लिइएको तस्करीको सामान पुनः तस्करकै हातमा पुगेको गम्भीर आरोप सार्वजनिक भएको छ। विश्वसनीय स्रोतका अनुसार उक्त सामान चोरी नभई प्रहरीकै मिलेमतोमा तस्करहरूले लगेका हुन्।
लाइभ न्यूजलाई प्राप्त प्रमाणअनुसार, गौर नगरपालिकाको नरकटिया नाकाबाट तस्करी गरी ल्याइएको लाखौं मूल्य बराबरको सामान इलाका प्रहरी कार्यालय गरुडाले छोडेको देखिएको छ। प्रहरीले भारतबाट ल्याइएको लाखौं रुपैयाँ बराबरको अखाद्य सखर नियन्त्रणमा लिएको थियो। तर नियन्त्रणमा लिएको केही समयमै सोही कार्यालयका डिएसपी शंकर प्रसाद आचार्यको आदेशमा उक्त सखर छोडिएको आरोप छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा डिएसपी आचार्यले सुरुमा आफूलाई थाहा नभएको बताए। तर प्रमाण देखाएर माघ २८ गते सखर किन छोडिएको हो भन्ने पुनः प्रश्न गर्दा उनले “सखर नेपाली नै रहेको” प्रतिक्रिया दिएका छन्। जबकि उक्त सखर भारतबाट ल्याइएको र इलाका प्रहरी कार्यालय गरुडालाई महिनावारी बुझाउँदै आएको स्वयं तस्करले स्वीकार गरेको स्रोतको दाबी छ। उक्त सखर ‘शिव’ नामका तस्करको रहेको लाइभ न्यूजले खुलासा गरेको छ।
यति मात्र होइन, माघ २८ गते नै सोही नाकाबाट बीआर ३०१ ३२४६ नम्बरको मोटरसाइकलमा ल्याइएको अवैध भारतीय कुखुरा पनि सोही कार्यालयबाट तस्करहरूले फिर्ता लगेको तथ्य बाहिर आएको छ। स्रोतका अनुसार तस्करहरूले लाइन लगाएर सामान बुझ्ने गरेको समेत खुलेको छ, तर प्रहरीलाई थाहा नभएको दाबी गरिएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपीसँग बुझ्दा उनले लाइभ न्यूजलाई उक्त कार्यालयबाट सामान चोरी भएको कुनै रिपोर्ट आफूलाई नआएको बताएका छन्। साथै उनले विस्तृत जानकारीका लागि सम्बन्धित इलाका प्रहरी कार्यालयमै बुझ्न सुझाव दिएका छन्।
उता, गरुडा क्षेत्रका गौर नाका, सर्लाहीको बरहथवा र नरकटिया नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको प्रमाणहरूले संकेत गरिरहेका छन्।
अब प्रश्न उठेको छ— नियन्त्रणमा लिएको तस्करीको सामान प्रहरी कार्यालयबाटै कसरी बाहिरियो ?
जिम्मेवार निकायले छानबिन गर्छ कि प्रकरण दबाइन्छ ?

>>