हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्दार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ अशोज २०८१

गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी, पहिरो, डुबान र प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ।


गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिब ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्। अहिले काभ्रेपलाञ्चोकमा नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार कार्य जारी राखेका छन्।


शनिबार काठमाडौँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाइ उद्दार गरिएको छ। प्रवक्ता तिवारीका अनुसार, बाढी र पहिरोका कारण अवरुद्ध राजमार्ग खोल्न सबै संयन्त्र परिचालन गरिएको छ।


गृह मन्त्रालयका तथ्याङ्क अनुसार, बाढी र पहिरोबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन्। गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकताका साथ लाग्न निर्देशन दिइसकेका छन्।


प्रतिक्रिया

सम्बन्धित समाचार