सुनको भाउ बढ्यो , १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ पौष २०८१

अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुन बुधबार बढेको छ । प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ ।

अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार