नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ असार २०८२

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।

यो दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला दुई हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार एक सय ४५ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला १० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार