आइतबार स्थिर रहेको सुनको भाउ सोमबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । >
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन तोलाको १ लाख ३० हजार रुपैयाँमा सुन कारोबार भएको थियो । विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ उकालो लागेको छ । चाँदी सोमबार प्रतितोला १० रुपैयाँ बढेर १ हजार ५३५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले बढ्दो लय समातेपछि नेपाली बजारमा पनि मूल्यले एकपछि अर्को उचाइ लिएको छ । >
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका क्रममा तय भएको मूल्यका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य तय गर्ने हो ।
>>