घट्यो सुन-चाँदीको भाउ, प्रतितोला तीन लाख २० हजार नौ सय रूपैयाँमा किनबेच

लाइभ न्यूज रफतार 3764+ समाचार ( )
११ भाद्र २०८३

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख २२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार नौ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार