सुनको भाउ आज ७०० रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । >
पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो । यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।>
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। >>