सुनको भाउमा फेरि नयाँ रेकर्ड , प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
२९ असार २०८१

शुक्रबार सुनको भाउमा फेरि नयाँ रेकर्ड बनेको छ । यसअघि आइतबार बनेको उच्च मूल्य रेकर्ड ६ दिनमै तोडिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन अघिल्लो दिनको तुलनामा १८ सय महँगो हो भने हालसम्मकै उच्च हो । यसअघि गत आइतबार १ लाख ४५ हजार ४ सय रुपैयाँ मूल्य रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९०० कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार