तोलामा १४०० बढ्यो सुन , प्रतितोला १ लाख ५१ हजार रुपैयाँ .....

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ पौष २०८१

बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँको रेकर्ड बनाएको छ । चाँदीको मूल्य भने स्थिर छ ।

अघिल्लो दिनकै मूल्य प्रतितोला १७६५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार