आइतबार सुनको भाउ तोलामा १५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५२ हजार रुपैयाँ मूल्य तय गरेको छ ।>
अघिल्लो दिन १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँ बढेको थियो । चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाउनु र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।>
कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।>
>>