सुन भाउमा समान्य गिरावट, १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3760+ समाचार ( )
१७ माघ २०८१

स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा १ सयले गिरावट आएर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार तोलाको १ लाख ६० हजार ६ सयमा किनबेच भएको थियो । मंगलबार भने १ लाख ५९ हजार २ सय रुपैयाँ थियो । तर, चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।

आज चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार १ हजार ८ सय ५५ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार