सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ तोकेको छ । >
अघिल्लो दिन १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपैयाँ कायम भएको छ ।>>