सुनको भाउ तोलामा ५ सय घट्यो , प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ फाल्गुन २०८१

मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । फागुन १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९८४ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार