तोलामा २ सय बढ्यो सुन , प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ श्रावण २०८२

शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९२ हजार ३ सय थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २२६५ रुपैयाँ रहेको चाँदी २२८० रुपैयाँ कायम भएको छ । यसअघि असार ३० गते चाँदीको भाउ हालसम्मकै उच्च २३१५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार