६ दिनमा ५ हजार ३ सय बढ्यो सुन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ श्रावण २०८२

६ दिनमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो ।

हिजो पनि यही मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड बनेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार