तोलामा १२ सय घट्यो सुन , प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ भाद्र २०८२

मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यसयता मूल्य घट्दै आएको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ २३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार