आज बिहीबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ तोकेको छ ।>
अघिल्लो दिन १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ पुगेको छ ।>>