शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ तोकेको छ । >
अघिल्लो दिन १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । >
चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँ रहेको चाँदी यस दिन २३१० रुपैयाँ पुगेको छ ।>>