सुनको भाउ नाघ्यो २ लाख २१ हजार, एक महिनामै २६ हजार बढ्यो

लाइभ न्यूज रफतार 3760+ समाचार ( )
७ अशोज २०८२

 सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार